२८ असार २०८३, आइतबार

‘जनतासँग जसपा नेपाल’ अभियानका लागि उपेन्द्र यादव सप्तरीमा

पुस २४, २०८१
काठमाडौं
‘जनतासँग जसपा नेपाल’ अभियानका लागि उपेन्द्र यादव सप्तरीमा

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुगेका छन् । 

बुधबारदेखि तीन दिनसम्म सप्तरीको चार वटै निर्वाचन क्षेत्रको तीन स्थानमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा अध्यक्ष यादव प्रमुख प्रशिक्षक एवं वक्ताको रूपमा रहनेछन् । 

पहिलो दिन सप्तरीको क्षेत्र नं १, कञ्चनरुप नगरपालिका-८ स्थित मिथिला पार्टी प्यालेस बेरियरमा पार्टी प्रशिक्षणसहित अभिमुखीकरण कार्यक्रमको उद्घाटन भएको छ । 

दोस्रो दिन भोलि पुस २५ गते सप्तरी क्षेत्र नं. २ र ३ को संयुक्त अभिमुखीकरण कार्यक्रम विष्णुपुर गाउँपालिका-१ स्थित प्रसाहीमा हुनेछ । पुस  २६ गते क्षेत्र नं ४ को लागि खडक नगरपालिकाको विष्णुपुर बजारमा प्रशिक्षण कार्यक्रम राखिएको छ ।

पछिल्लो पाँच महिनादेखि पालिका र वडा स्तरसम्मै संगठन विस्तारका लागि जसपा नेपालका नेता कार्यकर्ता ‘जनतासँग जसपा नेपाल’ आधारभूत संगठन निर्माण अभियानमा होमिएका छन् ।

पछिल्लो समय म्याद थप गरी आगामी माघ मसान्तसम्म सञ्चालित अभियानको क्रममा लुम्बिनी प्रदेशमा पाँच दिवसीय कार्यक्रम सम्पन्न गरेलगत्तै अध्यक्ष यादव सप्तरीमा चार वटै निर्वाचन क्षेत्रसहित जिल्लाभरीका अगुवा नेता कार्यकर्ताको लागि प्रशिक्षण दिन पुगेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्