१७ असार २०८३, बुधबार

गोप्य मतदान प्रक्रियामा सुरक्षामा खटिएका प्रहरीबाटै असर

मंसिर १, २०७४
गोप्य मतदान प्रक्रियामा सुरक्षामा खटिएका प्रहरीबाटै असर

काठमाडौं, १ मंसिर–गोप्य मतदानबाट प्रतिनिधि चुनिने संवैधानिक र कानूनी व्यवस्था छ । मतदाता पनि आफैंले मतदान गरेको मतदान पत्र सार्वजनिक गरे सजायको भागिदार हुनुपर्ने कानूनी व्यवस्था छ । आफूले गरेको मतदानको तस्बिर बाहिर नल्याउन भनेरै मतदान केन्द्रमा मोबाइल र क्यामेर निषेध गरिएको छ ।

तर गोप्य मतदान गर्न पाउने मतदाताको अधकिार सुरक्षित गराउनुपर्ने भूमिकामा रहने सुरक्षा निकायबाटै त्यसको उल्लंघन हुने गरेको छ । मतदान केन्द्रमा खटिने प्रहरीले मतदाताले लगाएको स्वस्तिक छाप सजिलै हेरिरहेका हुन्छन् । स्थानीय तह निर्वाचनमा त्यस्ता दृश्य प्रसस्तै देखिए । मतदाताले स्वस्तिक छाप लगाउने गोप्य कक्षकै पछाडि प्रहरी उभिएका हुन्थे ।

स्थानीय निर्वाचनको पर्यवेक्षण गरेको डेमोक्रेसी रिसोर्स सेन्टर नेपालले आफ्नो प्रतिवेदनमा धेरै स्थानमा गोप्य मतदानको अधिकारबाट मतदाता बञ्चित भएको उल्लेख गरेको छ । कान्तिपुरबाट

salt training

कमेन्ट गर्नुहोस्