१० साउन २०८३, आइतबार

अफगानिस्तानसामू नेपालको कमजोर प्रदर्शन, बर्षाका कारण खेल प्रभावित

अफगानिस्तानसामू नेपालको कमजोर प्रदर्शन, बर्षाका कारण खेल प्रभावित

क्वालालम्पुर, १ मंसिर– एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र अफगानिस्तानबीचको सेमिफाइनल खेल बर्षाका कारण रोकिएको छ । 

मलेसियाको किनरारा मैदानमा अफगानिस्तानले नपालले दिएको लक्ष्य पछ्याउने क्रममा बर्षा भएपछि खेल रोकिएको हो । 

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले अफगानिस्तानसामू १०४ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । बर्षाले खेल रोकिँदासम्म अफगानिस्तानले १८ ओभरमा एक विकेट गुमाएर ९४ रन बनाएको छ । अफगानिस्तानलाई जितको लागि मात्र १० रनको खाँचो छ । 

पहिले ब्याटिङ गरेको नेपाल २८ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटिएको थियो । नेपलाका लागि अनिल साहले ५७ बलमा ५० रन बनाए पनि अन्य ब्याट्सम्यानले भने दोहरो अंक पनि जोड्न सकेनन् । नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले २० बलमा ६ रन मात्रै बनाउन सके ।  
 

salt training

कमेन्ट गर्नुहोस्