३२ असार २०८३, बिहीबार

संविधानमा भएका त्रुटि कांग्रेसले सच्याउँछः विमलेन्द्र निधि

संविधानमा भएका त्रुटि कांग्रेसले सच्याउँछः विमलेन्द्र निधि

धनुषा, १ मंसिर– नेपाली काँग्रेसका प्रभावशाली नेता एवं धनुषा क्षेत्र नं ३ का नेपाली काँग्रेसका प्रत्याशी विमलेन्द्र निधिले संविधानमा देखिएको त्रुटि सुधार गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताएका छन् । 

यसअघि समेत नेकाको अगुवाइमा संविधान संशोधन प्रस्ताव अगाडि बढेको र आगामी दिनमा समेत त्रुटि सुधार गर्न नेतृत्व लिने निधिले बताए । जनकपुर उपमहानगरपालिका–१० मा चुनावीसभा तथा मतदाता भेटघाट कार्यक्रममा नेता निधिले नेपाली काँग्रेस न्यून क्षतिमा अधिक उपलब्धि लिने उद्देश्यले मधेश अधिकार सम्बोधन गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताए । 

नेता निधिले वर्तमान संविधानले संघीयता, गणतन्त्र ल्याएको भन्दै संविधानमा हस्ताक्षर नगर्नेहरुलाई भावी पुस्ताले धिक्कार्ने निश्चित रहेको बताउँदै भने, ‘संविधान नै नभए अहिले संशोधन कहाँ हुने, यही सोचका साथ नेका संविधान जारी गर्न तयार भयो ।’ 

मधेश आन्दोलनको नाउँमा संगठित भएर केही दल सीमाङ्कन बिना संविधान जारी गर्न तयार भएको अवस्थामा संघीयता सहितको संविधान जारी गर्ने सर्वोच्चको तत्कालीन न्यायाधीश गिरिशचन्द्र लालद्वारा गरिएको निर्णयलाई सबभन्दा पहिला नेपाली काँग्रेसले स्वागत गरेको निधिले बताए । 

नेता निधिले जनकपुरको धार्मिक, सांस्कृतिक, आध्यात्मिक मान्यतालाई अक्षुण्ण राख्दै स्थानीयवासीको भावनाअनुसार विकास निर्माणको कार्यमा अगाडि बढाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।  

उनले विगतमा समेत जनकपुरको विकासप्रति प्रतिबद्ध रहेको बताउँदै जनकपुरलाई प्रादेशिक राजधानी र विकासको प्रमुख उद्देश्यका साथ चुनावमा उम्मेदवारी दिएको बताउनुहुँदै अगामी मंसिर २१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा मतदान गर्न सबै मतदातालाई आग्रह गरे । 

salt training

कमेन्ट गर्नुहोस्