०५ साउन २०८३, मंगलबार

आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्न सकिन्छ : प्रधानमन्त्री

पुस २७, २०८१
काठमाडौं
आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्न सकिन्छ : प्रधानमन्त्री
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी)लाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमार्फत नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि केही कानूनी अप्ठ्यारा रहेको उल्लेख गर्दै शुक्रबारको मन्त्रिपरिषद्को बैठकले अध्यादेशमार्फत सम्बोधन गरेको बताएका हुन् ।

'हिजोको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून राष्ट्रपतिज्यू समक्ष सिफारिस गरिएको छ । यसले आईटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने हाम्रो विश्वास छ,' उनले भनेका छन् । 

प्रधानमन्त्री ओलीले अब नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रूपमा भित्र्याउन पाउने भएको उनको भनाइ छ ।

 

salt training

कमेन्ट गर्नुहोस्