१९ असार २०८३, शुक्रबार

प्रहरी विधेयक संघीय संसद्‌मा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति

पुस २७, २०८१
काठमाडौं
प्रहरी विधेयक संघीय संसद्‌मा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक संसद्‌मा पेश गर्न मन्त्रिपरिषद्‌ले स्वीकृति दिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक प्रतिनिधि सभाको आगामी अधिवेशनमा पेश गर्न गृह मन्त्रालयलाई स्वीकृति दिएको हो । 

गृहमन्त्री रमेश लेखकले प्रहरी संगठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए। त्यही अनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानूनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्‌मा पेस गरेको थियो । 

मन्त्रिपरिषद्‌‌‌को विधेयक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषद्‌मा पेश गरिएको गृहमन्त्री लेखकले जानकारी दिए । अब उक्त विधेयक पारितका लागि संघीय संसद्‌को आगामी बैठकमा पेश गरिने गृहमन्त्री लेखकले बताए । 

salt training

कमेन्ट गर्नुहोस्