०७ असार २०८३, आइतबार

१४ मिनेटमा अमेरिका पुग्न सक्छ चिनियाँ विमान !

१४ मिनेटमा अमेरिका पुग्न सक्छ चिनियाँ विमान !

काठमाडौं, १ मंसिर — निकट भविष्यमै चीनबाट उडेको विमान जम्मा १४ मिनेटमा अमेरिका पुग्न सक्ने भएको छ । 

एक रिपोर्टले गरेको खुलासाअनुसार, चीनले परमाणु हतियारसहितको एक विमान बनाएको छ जुन जम्मा १४ मिनेटमै अमेरिकी तटमा पुग्न सक्छ । त्रिचालीस हजार २०० किलोमिटर प्रतिघन्टाको हाईपरसोनिक स्पीडका साथ यो विमान उड्ने बताइएको छ । 

चिनियाँ विशेषज्ञहरूले दाबी गरेका छन्, ‘सन् २०२० सम्म संसारको सबभन्दा तीव्र हाईपरसोनिक विमानको निर्माण कार्य पूरा भएपछि परीक्षण गरिनेछ ।’

अहिले संसारमा सबभन्दा शक्तिशाली विन्ड टनल न्युयोर्कको लेनएक्स–एक्स फसिलिटी हो र यो ३६ हजार किलोमिटर प्रतिघन्टाको वेगमा उड्न सक्छ । 

हाईपरसोनिक विमान बनाउनका लागि सुरुङहरूको उपयोग गरिन्छ । ती सुरुङमा ध्वनिको गतिभन्दा पाँच गुणा बढी तीव्रतामा काम गरिन्छ । 

यो प्रयोग सफल भएमा यस विमानमार्फत चीनले केही मिनेटमै संसारको कुनै पनि भागमा आक्रमण गर्न सक्छ । विमानमा क्षेप्यास्त्र र आणविक हतियार पनि प्रयोग गर्न सकिन्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्