०८ असार २०८३, सोमबार

‘आइभिएफ’ सन्तान प्राप्त गर्ने अवसर

पुस २८, २०८१
काठमाडौं
‘आइभिएफ’ सन्तान प्राप्त गर्ने अवसर

 निःसन्तान दम्पतीका लागि आइभिएफ प्रविधि सन्तान सुख प्राप्त गर्ने अवसरका रूपमा देखिएको छ । विवाहपछि बर्सौंसम्म सन्तान नभएका दम्पतीका लागि आइभिएफ प्रविधिबाट बच्चा जन्माउन सकिन्छ । 

विराटनगरकी कल्पना दाहाल (नाम परिवर्तन) ३० वर्षकी भइसकिन् । हाल उनी कोटेश्वर बस्दै आएकी छन् । विवाह गरेको सात वर्ष भइसक्दा पनि बच्चा नभएपछि पछिल्लो समय उनी आइभिएफ (इन–भिट्रो फर्टिलाइजेसन) मार्फत सन्तान जन्माउने बाटोमा लागेकी हुन्। 

यस्तै बौद्ध जोरपाटी बस्ने सुजना कडेलको पनि विवाह भएको नौ वर्षसम्म सन्तान नभएपछि उनले आइभिएफबाट सन्तान जन्माएकी छन् । 
आइभिएफबाट सन्तान जन्माउन अचेल थुप्रै निजी संस्थाका अतिरिक्त सरकारी स्तरमा थापाथलीस्थित परोपकार, प्रसूति तथा स्त्रीरोग अस्पतालबाट आइभिएफबाट बच्चा जन्माउने गरिन्छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्