१७ असार २०८३, बुधबार

राष्ट्रपति रनिङ शिल्ड : केदार माध्यमिक विद्यालय प्रथम

पुस २८, २०८१
बैतडी
राष्ट्रपति रनिङ शिल्ड : केदार माध्यमिक विद्यालय प्रथम

बैतडीको दोगडाकेदार गाउँपालिकामा जारी पाँचौं गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

दोगडाकेदार–७ लवलेकमा यही पुस २४ गतेदेखि शुरू भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।

प्रतियोगितामा गाउँपालिकाका ११ वटा विद्यालयको सहभागिता थियो । सहभागी विद्यालयमध्ये श्रीकेदार माध्यमिक विद्यालय दोगडाकेदार–४ पिपलकोट प्रथम भएको छ ।

श्री केदार माविले प्रथम हुँदै आठ स्वर्ण, तीन रजत र तीन कास्य पदक जितेको हो ।

सनातन धर्म माध्यमिक विद्यालय दोगडाकेदार–३ श्रीकोट छ स्वर्ण, सात रजत र नौ कास्यसहित द्वितीय स्थान हासिल गरेको छ भने भगवती माध्यमिक विद्यालय सित्तड छ स्वर्ण, तीन रजत र चार कास्य हात पार्दै तृतीय स्थान हासिल गरेको हो ।​

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द प्रमुख अतिथि रहेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्