०९ साउन २०८३, शनिबार

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

पुस २८, २०८१
विराटनगर
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते बोलाउन सिफारिस

कोशी प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गते आह्वान हुने भएको छ । 

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले माघ ७ गते दिउँसो २ बजेका लागि अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला कानूनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । 

‘आजको मन्त्रिपरिषद् बैठकले आगामी माघ ७ गते दिउँसो २ बजे प्रदेशसभाको छैटौँ हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ’, उनले भने । 

यस्तै, बैठकले प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त भएको भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश मामिला समितिमा अध्ययन छलफलका लागि पठाउने निर्णय गरेको उनले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्