
नेपाल बार एसोसिएसनले न्याय परिषद् सदस्यका लागि वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई पठाउने निर्णय गरेको छ ।
एसोसिएसनकी महासचिव अञ्जिता खनालका अनुसार बारको बैठकबाट वरिष्ठ अधिवक्ता खड्कालाई परिषद् सदस्य पठाउने सर्वसम्मत निर्णय भएको हो ।
बारबाट पठाइएका न्याय परिषद् सदस्य रामप्रसाद श्रेष्ठको पद रिक्त भएपछि बारले उनलाई पठाउने निर्णय गरेको हो ।
आइतबार सिफारिससम्बन्धी विवरणसहितको पत्र न्याय परिषद्मा पठाइनेछ।
न्याय परिषद्ले उक्त पत्र संसदीय सुनुवाइ समितिमा पठाएपछि खड्काको नियुक्तिका लागि प्रक्रिया अघि बढ्नेछ।