०७ असार २०८३, आइतबार

एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता हुने

पुस २८, २०८१
काठमाडौं
एनआरएनएको युवा सम्मेलन चैत पहिलो साता हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले आगामी चैत १ र २ गते दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलन गर्ने भएको छ ।​​

एनआरएनएले आज पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्णयअनुसार थाइल्याण्डको बैंककमा उक्त सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।​

एनआरएनएका अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका युवा र दोस्रो पुस्ताका गैरआवासीय नेपालीलाई अपनत्व महसुस गराई मातृभूमिसँग जोड्न सम्मेलन गर्न लागेको बताए ।

यसैगरी एनआरएनएले आगामी चैत  ३ र ४ गते कम्बोडियाको न्होम पेन्ह सिटीमा १०औं एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ ।

यसपटक संघले एसिया–प्यासिफिक क्षेत्रीय सम्मेलनलाई ‘सङ्गम’ नामकरण गरेको छ ।

कमेन्ट गर्नुहोस्