२४ असार २०८३, बुधबार

स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

पुस २८, २०८१
मकवानपुर
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

मकवानपुरको मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको  मृत्यु भएको छ । 

मनहरी गाउँपालिका–६ नयाँबस्तीस्थित भित्री सडकमा मनहरी बजारबाट नयाँबस्तीतर्फ जाँदै गरेको मनहरी बिलिभर्स इङ्लिस बोर्डिङ स्कुलको ना१क ९२५० नंको बसले सोही वडाकी दुई वर्षीया पूजा थिङलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

बसको ठक्करबाट गम्भीर घाइते थिङलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक मकवानपुर मनहरी गाउँपालिका–७ बिजौनाका   चन्द्रबहादुर तामाङलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्