१८ असार २०८३, बिहीबार

धनुषाको लक्ष्मीनियामा हुलाक कार्यालय स्थापना

पुस २९, २०८१
जनकपुरधाम
धनुषाको लक्ष्मीनियामा हुलाक कार्यालय स्थापना

धनुषाको लक्ष्मीनिया गाउँपालिकामा हुलाक कार्यालय स्थापना गरिएको छ । एक पालिका, एक हुलाकको अवधारणाअन्तर्गत धनुषाको लक्ष्मीनिया गाउँपालिकामा  कार्यालय स्थापना भएको हो ।

लक्ष्मीनियाँ–७ स्थित बजारमा आज हुलाक कार्यालयको उद्‌घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले हुलाक कार्यालयको स्थापनाले गाउँपालिकाका जनताले सरल, सहज तथा सुलभ तरिकाले सेवा पाउने बताए ।

सरकारी सेवा गाउँगाउँसम्म पुर्‍याउन सरकारले गरेको उक्त प्रयासको प्रशंसा गर्दै उनले हुलाकको आवश्यकता र महत्व अझै रहेको बताए ।

हुलाक निर्देशनालय जनकपुरधामका निमित्त हुलाक निर्देशक लाल झाले हुलाक सेवाको ऐतिहासिक महत्त्व तथा ग्रामीण क्षेत्रमा यसको पहुँचका फाइदाबारे चर्चा गरे ।

उनले कार्यालयबाट स्थानीय तहमा सरकारी तथा व्यक्तिगत पत्राचार तथा अन्य सन्देश सेवा सहजरूपमा सञ्चालन हुनेमा विश्वास व्यक्त गरे ।

हुलाक कार्यालय सञ्चालन भएपछि पत्राचार, पार्सल सेवा, सरकारी सूचना आदानप्रदानका सुविधा प्रदानलगायत अन्य सुविधा प्रदानमा सहज हुने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्