१५ असार २०८३, सोमबार

भारतीय राजदूतले भने - महाकाली नदीमा आधा दर्जन पुल बन्छन्

कात्तिक २०, २०७४
भारतीय राजदूतले भने - महाकाली नदीमा आधा दर्जन पुल बन्छन्


भीमदत्तनगर, ४ माघ - नेपालका लागि भारतीय राजदूत रणजीत रायले महाकाली नदीमा आधा दर्जन पक्की मोटर तथा झोलुङ्गे पुल निर्माण हुने बताएका छन् ।

भारतीय दूतावासको सहयोगमा निर्माण सम्पन्न भएको कञ्चनपुरको भीमदत्तनगरस्थित महेन्द्रनगर उच्च माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै राजदूत रायले महाकाली नदीमा चार लेनको पक्की पुलसँगै पश्चिमी सीमा जोडिएको दार्चुलादेखि कञ्चनपुरसम्म अन्य थप ५÷६ वटा पुल निर्माणका लागि काम अघि बढिरहेको जानकारी दिए ।

उनले महाकाली नदीमा पुल बने सुदूरपश्चिमको विकासमा टेवा पुग्ने बताए । “भारतको वनबासाबाट दक्षिणतिर चार लेनको पुल बन्छ ।” उनले भने – “पहाडी जिल्लामा पनि महाकालीमा पुल निर्माण हुनेछन् ।”

त्यसैगरी पञ्चेश्वर जलविद्युत् परियोजना बने सुदूरपश्चिमसँगै भारतको उत्तराखण्ड र उत्तर प्रदेशको विकासले गति लिने बताए ।

भारतले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको उनको भनाइ थियो ।

महेन्द्रनगर उच्च माविको प्राचार्य उदयप्रकाश साउदका अनुसार दूतावासको रु चार करोड २२ लाखको लागतमा निर्माण सम्पन्न भएको ३२ कोठे भवनसँगै फर्निचर र कम्प्युटरसमेत सहयोग रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्