धनुषा, ४ माघ - धनुषाको धनुषाधाम नगरपालिका–१ इनर्वास्थित धनुषाधाम सडकखण्डमा ज १ त २६५९ नम्बरको ट्रयाक्टर आज दिउँसो अनियन्त्रित भई सडकबाट अन्दाजी २० फिट तल खसेर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक धनुषाधाम नगरपालिका–१ का श्रीनारायण सदा र सोही ट्रयाक्टरमा सवार सिरहा गोलबजारका निजनी खातुन र उनको डेढ वर्षीय छोरा सेहन खातुन रहेको प्रहरीले जनाएको छ । रासस