२० असार २०८३, शनिबार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाहीको माग

माघ २, २०८१
काठमाडौं
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाहीको माग

मुद्दाको पक्षलाई प्रतिनिधित्व गरेकै कारण काठमाडौँ जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात भएको घटनाप्रति जबाफदेहिता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

बुधवार समितिले जारी गरेको विज्ञप्तिमा यो घटना एउटा कानुन व्यवसायीमाथि मात्र लक्षित नभई कानुनी शासन, मानवअधिकार र स्वतन्त्र न्यायपालिकाविरुद्धको घटना भएको उल्लेख गरिएको छ । 

 यस्ता घटनामा शून्य सहनशीलता अपनाउन समितिले सम्बन्धित सबै निकायलाई निगरानी आह्वान समेत गरेको छ । 

‘वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध भएको आपराधिक कार्यमा संलग्न सबैलाई तत्काल कानुनी कारबाही थाल्न र जुनसुकै कानुन व्यवसायीले आफ्नो मुद्दाको पक्षलाई निर्धक्क प्रतिनिधित्व गर्न सक्ने वातावरण सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । त्रिपाठी समितिको सदस्य समेत हुन् । 

विज्ञप्ति हेर्नुहोस्

null

salt training

कमेन्ट गर्नुहोस्