२७ जेठ २०८३, बुधबार

त्रिपाठीमाथिको आक्रमणले न्याय प्राप्तिको प्रक्रिया कति असुरक्षित छ भन्ने देखायो: एमाले सचिव

माघ २, २०८१
काठमाडौं
त्रिपाठीमाथिको आक्रमणले न्याय प्राप्तिको प्रक्रिया कति असुरक्षित छ भन्ने देखायो: एमाले सचिव

 एमाले सचिव पद्मा अर्यालले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथिको आक्रमणले न्याय प्राप्तिको प्रक्रिया कति असुरक्षित छ भन्ने देखाएको टिप्पणी गरेकी छन् । 

उनले आज अदालतमा घटेको घटना कानुनी राज्य र न्याय प्रणाली माथिको गम्भीर आघात भएको समेत सामाजिक सञ्जालमार्फत बताएकी छन् ।

‘अदालत जस्तो सुरक्षित स्थानमा पनि अधिवक्ता माथि आक्रमण हुनसक्छ भने, न्याय प्राप्तिको प्रक्रिया कति असुरक्षित छ भन्ने देखाउँछ’, उनको भनाइ छ । 

बुधबार काठमाडौँ जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि रास्वपा र रवि लामिछाने समर्थकले आक्रमणको प्रयास गरेका थिए । सो घटनाको सर्वत्र आलोचना भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्