३१ जेठ २०८३, आइतबार

कांग्रेसका मन्त्रीसँग देउवाले आज छलफल गर्दै

माघ ३, २०८१
काठमाडौं
कांग्रेसका मन्त्रीसँग देउवाले आज छलफल गर्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूसँग आज सामूहिक छलफल गर्दै छन् । सरकारमा सहभागी मन्त्रीहरूलाई छलफलका लागि सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । छलफल बिहान ९ बजे हुनेछ । 

मन्त्रीसँगै संसदीय दल कार्यसमितिसँग पनि उनले संयुक्त छलफल गर्ने उनले बताए । ‘सरकारमा सहभागी भएका कांग्रेसका मन्त्रीलाई सभापतिले छलफलका लागि बोलाउनुभएको छ’ भानुले लोकान्तरसँग भने, ‘मन्त्रीसँगै संसदीय दल कार्यसमितिसँग संयुक्त छलफल हुनेछ ।’

देउवाले सरकारका कामलाई प्रभावकारी बनाउन यसअघि पनि निवासमा बोलाएर मन्त्रीहरूसँग छलफल गरेका थिए । 

पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको काम प्रभावकारी बनाउन र समन्वय गर्नेगरी गत भदौदेखि दुई/दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो ।

दुई ठूला दलको संयुक्त सरकारले प्रभावकारी नतिजा नदिएको भन्दै सरकारमाथि दबाब पर्दै आएको छ । 

सरकारमा कांग्रेसका तर्फबाट गृह, परराष्ट्र, शहरी विकास, स्वास्थ्य र ऊर्जासहित १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । सरकारको नेतृत्व प्रकाशमान सिंहले गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्