
बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार भएको छ । एक अज्ञात व्यक्तिले सैफ अली खानको घरमै प्रवेश गरेर छुरा प्रहार गरेका हुन् ।
छुरा प्रहारबाट खान घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । उनको उपचार भइरहेको छ ।
समाचार एजेन्सी एएनआईले मुम्बई पुलिसलाई उद्धृत गर्दै भनेको छ कि एक व्यक्ति खानको घरमा प्रवेश गरे र घरेलु कामदारसँग झगडा गर्न थाले ।
तर, खानले हस्तक्षेप गर्न खोज्दा उनले आक्रमण गरेका थिए ।
अङ्ग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार राति करिब २:३० बजे खान र उनकी पत्नी करीना कपूरको बान्द्राको घरमा चोर पसेका थिए ।
घटनास्थलबाट चोर भागेको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको समाचारमा उल्लेख छ । उनको मेरुदण्डको छेउमा एउटा गहिरो चोट छ ।