०९ साउन २०८३, शनिबार

सैफ अलि खानको घाउबाट निकालियो तीन इन्चको धारिलो वस्तु, अपरेसनपछि खतरामुक्त

माघ ३, २०८१
काठमाडौं
सैफ अलि खानको घाउबाट निकालियो तीन इन्चको धारिलो वस्तु, अपरेसनपछि खतरामुक्त

बलिउड अभिनेता सैफ अलि खान खतरामुक्त भएका छन् । बुधबार राति अबेर आफ्नै घरमा चक्कु आक्रमणमा परेर घाइते भएका उनी खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

आक्रमणपछि उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरियो। भारतीय सञ्चार माध्यमका अनुसार सैफको अपरेसन सकिएको छ र कस्मेटिक सर्जरी समेत भइरहेको छ। 

अपरेसनका क्रममा सैफको चोटबाट करिब तीन इन्च लामो धारिलो वस्तुको टुक्रा निकालिएको छ। घटनाको अनुसन्धानका लागि स्क्वायड डगलाई सैफको अपार्टमेन्टमा ल्याइएको छ।

प्रारम्भिक जानकारी अनुसार एक अज्ञात व्यक्ति सैफको घरमा पसेको थिए। सैफ र ती व्यक्तिबीच झगडा भएको थियो। घटनाको समयमा सैफका केही परिवारका सदस्य पनि घरमै थिए। 

ती व्यक्तिले शुरूमा सैफको नोकरानीसँग विवाद गरेका थिए। सैफले उनलाई सम्झाउन र स्थिति शान्त पार्न खोज्दा ती व्यक्तिले आक्रमण गरेका हुन्।

घटनाबारे थाहा पाएपछि वान्द्राको प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरिसकेको छ। 

खानकी पत्नी करिना कपूरका अनुसार घरमा अरू सबै जना सुरक्षित छन्। प्रहरीका अनुसार, यो घटना वान्द्रास्थित सैफको घरमा मध्यरात भएको हो। आक्रमणका क्रममा सैफको हात, ढाड र घाँटीमा चोट लागेको छ।

सैफ अलि खानलाई बिहान २ बजे अस्पताल भर्ना गरिएको थियो। ढाडको हड्डीमा चक्कु फस्दा गम्भीर चोट लागेको र सर्जरीमार्फत चक्कु निकालिएको छ। स्पाइनल फ्लुइड चुहावट रोक्न र बाँकी घाउहरूको प्लास्टिक सर्जरी गरिएको छ। हाल सैफको अवस्था स्थिर रहेको र खतरामुक्त रहेको डाक्टरहरूले बताएका छन्।

सैफ अलि खान वान्द्रास्थित सतगुरु शरण बिल्डिङमा ३ बेडरुमको आलिशान अपार्टमेन्टमा बस्छन्। उनी, उनकी पत्नी करिना कपूर खान र छोराहरू तैमुर तथा जेह पनि त्यहीँ बस्छन्। यो घटनापछि फिल्मको सुटिङ हालका लागि स्थगित गरिएको छ।

salt training

कमेन्ट गर्नुहोस्