
प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक शुक्रबार बस्ने भएको छ । यसअघि बुधबार छलफलमा जुटेका प्रतिपक्षी दलको बैठक शुक्रबार पनि बस्न लागेको हो ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेताको कार्यालय नयाँ बानेश्वर बस्नेछ ।
त्यसअघि ३ बजे संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा संयुक्त पत्रकार सम्मेलन हुनेछ ।
बुधबार बसेको प्रतिपक्ष दलहरूको बैठकले संसदको हिउँदे अधिवेशन बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो । यस्तै प्रतिपक्षी दलले अध्यादेशको पनि विरोध गरेका थिए ।