
इरानको इस्लामिक रिभोलुसन गाड्र्स कोर (आईआरजीसी) ले बिहीबार दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा तोडफोडको योजना बनाएको आरोपमा १५ जनालाई गिरफ्तार गरेको सरकारी समाचार एजेन्सी आईआरएनएले जनाएको छ ।
आईआरएनए रिपोर्ट अनुसार सुरक्षा बलहरूले इरान र पाकिस्तान बीचको सीमा क्षेत्रमा सैन्य हेलिकप्टर र ड्रोनहरूद्वारा समर्थित एक समन्वित भूमि अपरेसन सुरु गरे । उक्त अपरेसन अन्तर्गत ठूलो मात्रामा हतियार र गोलाबारुद पनि बरामद भएको छ ।
पाकिस्तान र अफगानिस्तानको सिमाना जोडिएको प्रान्त सिस्तान र बलुचेस्तानमा हालैका वर्षहरूमा सर्वसाधारण र सुरक्षा बल दुवैलाई लक्षित गरी धेरै आतङ्ककारी आक्रमणहरू हुने गरेको छ ।