
नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज शुक्रबार बिजुली कटौती गर्ने भएको छ ।
प्राधिकरणका अनुसार बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि शुक्रबार बिहान ९:३० देखि दिउँसो ४ बजेसम्म लाइन कटौती हुनेछ ।
प्राधिकरणका अनुसार पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बङ्गलामुखी, शंखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुनेछ ।
तोकिएको कार्य समयअगावै सम्पन्न भएको खण्डमा निर्धारित समयसीमाभन्दा पहिल्यै बिजुली आउने समेत प्राधिकरकणले जनाएको छ।