२४ जेठ २०८३, आइतबार

विपक्षी दलहरूको संयुक्त बैठक बस्दै, के छ तयारी ?

माघ ४, २०८१
काठमाडौं
विपक्षी दलहरूको संयुक्त बैठक बस्दै, के छ तयारी ?

प्रतिपक्षमा रहेका दलहरूको संयुक्त बैठक आज शुक्रबार बस्ने भएको छ । यसअघि बुधबार छलफलमा जुटेका विपक्षी दलहरूको बैठक शुक्रबार पनि बस्न लागेको हो । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार  बैठक दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेताको कार्यालय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सरकारको हालसम्मको अवधिको समीक्षा गरिने समेत बताइएको छ । 

त्यसपछि ३ बजे ल्होत्से हलमा संयुक्त पत्रकार सम्मेलन हुनेछ ।  बुधबार बसेको प्रतिपक्ष दलहरूको बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउनुपर्ने निष्कर्ष निकालेको थियो  ।

संसद्को हिउँदे अधिवेशन बोलाउनुको साटो सरकारले अध्यादेशमार्फत् गम्भीर प्रकृतिका कानून ल्याएको भन्दै प्रतिपक्षी दल विरोधमा छन्  । 

सरकारले संविधानको मर्म र भावनामा प्रहार गर्ने काम गरिरहेको उनीहरूको निष्कर्ष छ । 

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हालै सिफारिस गरेका पाँच वटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्