०५ साउन २०८३, मंगलबार

लाओसमा पुगेर गैरकानूनी काम गर्न बाध्य, भागेर थाइल्याण्ड पुगेपछि उद्धार

माघ ४, २०८१
काठमाडौं
लाओसमा पुगेर गैरकानूनी काम गर्न बाध्य, भागेर थाइल्याण्ड पुगेपछि उद्धार

आकर्षक रोजगारीको प्रलोभनमा लाओस् पुगेका एक नेपालीको उद्धार भएको छ । 

आकर्षक रोजगारीको प्रलोभनमा पारी लाओसको गोल्डन ट्रयाङ्गलमा लगि गैरकानूनी काम गर्न बाध्य पारिएका उनी भागेर थाइल्याण्ड पुगेका थिए ।

उनलाई थाइ सरकारी निकायको सहयोगमा शुक्रबार नेपाल फर्काइएको बैंककस्थित नेपाली दूतावासले जनाएको छ । 

सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभन परी कानून विपरीत छिटो धेरै पैसा कमाउने हेतुले कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि मुलुकमा नआउन राजदूतावासले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्