०३ साउन २०८३, आइतबार

संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न विपक्षी दलहरूको माग

माघ ४, २०८१
काठमाडौं
संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न विपक्षी दलहरूको माग

प्रतिपक्षी राजनीतिक दलहरूले सरकारको निरङ्कुश र स्वेच्छाचारी प्रवृत्तिप्रति आपत्ति जनाउँदै संसद्को हिउँदे अधिवेशन तत्काल आह्वान गर्न माग गरेका छन्।

माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी)का शीर्ष नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको दाबी गरेका हुन् ।

महंगी तथा भ्रष्टाचार बढाएको र संसद्लाई बाइपास गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको आरोप उनीहरूको छ ।​​​

संविधानले बहुदलीय प्रतिस्पर्धालाई महत्त्व दिएको भए पनि सरकार दुई दलीय तानाशाहीतर्फ उन्मुख भएको दाबी विपक्षी दलको छ । 

बेपत्ता नागरिक छानबिन तथा मेलमिलाप आयोग गठन प्रक्रिया अवरुद्ध भएको भन्दै उनीहरूले आपत्ति जनाएका छन् ।

यस्तो छ विज्ञप्ति

nullnull

salt training

कमेन्ट गर्नुहोस्