२३ असार २०८३, मंगलबार

साताको शेयर समीक्षा : गिरावटको निरन्तरता, नेप्सेलाई ४६ अंकको क्षति

माघ ४, २०८१
काठमाडौं
साताको शेयर समीक्षा : गिरावटको निरन्तरता, नेप्सेलाई ४६ अंकको क्षति

साताको पहिलो दिन आइतबार २६३५.०९ बिन्दुमा खुलेको शेयर बजार यस साता २५८८.६२ को बिन्दुमा बन्द भएको छ ।

पुस २८ देखि माघ ३ गतेसम्ममा नेप्से परिसूचक ४६.४७ अंकले घटेर २५८८.६२ को बिन्दुमा बन्द भएको हो । 

साताको पहिलो कारोबार दिन उच्च अंकले घटेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन पनि गिरावट देखियो । यस साता तीन दिन घटेको नेप्से परिसूचक एक दिन झिनो अंकले बढ्यो । 

साताभर परिसूचकले २६५४.८२ को उच्चतम र २५८०.४० को न्यूनतम् बिन्दुलाई परीक्षण गर्दा बजारमा २२ अर्ब ४० करोड रुपैयाँ बढीको कारोबार भयो । 

अघिल्लो साता (पुस २१ देखि पुस २५ गतेसम्म) शेयर बजारमा ४८.८६ अंकको वृद्धि हुँदा ३० अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

यस्तो रह्यो साताको कारोबार 

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २५.४२ अंकले घटेर २६०९.६७ को बिन्दुमा बन्द भएको थियो । आइतबार ३ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको थियो । 

त्यस्तै, साताको दोस्रो कारोबार दिन सोमबार १५.५४ अंकले घटेर परिसूचक २५९४.१३ को बिन्दुमा बन्द भयो । यस दिन बजारमा ६ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको थियो । 

साताको तेस्रो कारोबार दिन मंगलवार सार्वजनिक बिदाले गर्दा सेयर बजार बन्द रह्यो । बुधवार खुलेको शेयर बजार १.८३ अंकले वृद्धि भयो । 

बुधवार ५ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएको थियो । र, साताको अन्तिम कारोबार दिन बिहीबार ७.३४ अंकले घटेर परिसूचक २५८८.६२ को बिन्दुमा बन्द भयो । 

यस दिन बजारमा १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ३७ लाख रुपैयाँको कारोबार भयो । 

salt training

कमेन्ट गर्नुहोस्