०१ असार २०८३, सोमबार

ज्वाइँको घरमा प्रचण्ड पाहुना, नेताको घरमा ब्रेकफास्ट

माघ ४, २०८१
विराटनगर
ज्वाइँको घरमा प्रचण्ड पाहुना, नेताको घरमा ब्रेकफास्ट

शुक्रबार साँझ विराटनगर आइपुगेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार कान्छा ज्वाइँ जीवन आचार्यको घरमा पाहुना भएर बास बसेका छन् ।

 शनिवारका लागि तय भएको विभिन्न कार्यक्रममा सहभागी हुन विराटनगर आएका उनी ज्वाइँको घरमा बसेका हुन् । 

यस्तै उनले शनिवार बिहान ज्वाइँको घरबाट जिल्ला प्रशासन कार्यालयसम्म  ‘मर्निङवाक’ गर्ने कार्यक्रम छ। त्यहाँ चियापान  गर्ने कार्यक्रम बनाएका प्रचण्डको बिहानको नास्ता (ब्रेकफास्ट) भने  पार्टीका केन्द्रीय सदस्य शिवकुमार मण्डलको घरमा गर्ने कार्यक्रम रहेको छ । 

यसैगरी उनले बिहान ९ बजेदेखि १० बजेसम्म विराटनगर १९ मा रहेको गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको अनुगमन गर्ने कार्यक्रम छ । त्यसपछि उनी बिहान ११ बजेसम्म होटेल एसियाटिकमा आयोजित एक कार्यक्रममा सहभागी हुने सेड्युल रहेको नेताहरूले बताएका छन् । 

यसैगरी दिउँसो प्रचण्ड मोरङको ग्रामथानमा बधाई तथा खबरदारी सभामा सहभागी हुने कार्यक्रम रहेको छ । गत स्थानीय तहको उपनिर्वाचनमा ग्रामथानको अध्यक्ष माओवादीका नमोनारायण माझीले जितेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्