
झापा, २ मंसिर– प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट वामपन्थी गठवन्धनका उम्मेदवार नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई जिताउन कलाकारको टोली परिचालन भएको छ । कलाकार बद्री पंगेनीसहितको टोली ओलीको चुनावी प्रचारका लागि झापा पुगिसकेको छ ।
ओलीको पक्षमा माहौल बनाउन बद्री पंगेनी, वैकुण्ठ महत र प्रिया भण्डारीलगायत कलाकारहरुको टोली झापा पुगेको हो । टोलीले झापाको दमकामा आयोजना हुने चुनावी सभामा आफ्नो प्रस्तुती दिने छ । ओली दमकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न शनिवार नै झापा पुगिसकेका छन् ।