
आइसीसी यू–१९ महिला विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध खराब शुरूआत गरेको छ । मलेसियाको बांगीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रन बनाउन संघर्ष गरिरहेको छ ।
नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले १८ रन जोड्दा तेस्रो विकेट गुमाएको हो । ९ ओभर सकिँदा नेपालले तीन विकेट गुमाएर मात्रै १८ रन बनाएको छ ।
नेपालकी कप्तान पूजा महतो १८ बलमा २ रन बनाएर आउट भइन् । उनी रन आउट भएकी हुन् ।
यसअघि ओपनर सावित्री धामी ६ बलमा १ रन बनाएर आउट भएकी थिइन् ।
नेपालले विश्वकपमा पहिलो पटक सहभागिता जनाएको हो ।
नेपाली युवा टोलीमा कप्तान पूजा महतासँगै सोनी पाख्रिन, किरनकुमारी कुँवर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृसना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत छन् ।