११ असार २०८३, बिहीबार

आज तीन वटा समितिको बैठक बस्दै, के–के छन् एजेन्डा ?

माघ ६, २०८१
काठमाडौं
आज तीन वटा समितिको बैठक बस्दै, के–के छन् एजेन्डा ?

संघीय संसद अन्तर्गत आइतबार विभिन्न तीन वटा समितिको बैठक बस्ने तय भएको छ । 

संघीय संसद सचिवालयका अनुसार आज राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान  १०ः३० बजे सिंहदरबारमा बस्ने छ ।

 बैठकमा नेपालको संविधानको धारा ५३ बमोजिम संघीय संसदमा प्रस्तुत भएको नेपाल सरकारको वार्षिक प्रतिवेदन (आव २०७९–०८०) का सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ का सम्बन्धमा महान्यायाधिवक्तासँग छलफल गर्ने कार्यसूची  छ ।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्ने छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

salt training

कमेन्ट गर्नुहोस्