२५ असार २०८३, बिहीबार

पश्चिम बंगालका विजय दासले गरेका थिए सैफ अलि खानमाथि आक्रमण !

माघ ६, २०८१
काठमाडौं
पश्चिम बंगालका विजय दासले गरेका थिए सैफ अलि खानमाथि आक्रमण !

बलिउड अभिनेता सैफ अलि खानमाथि भएको आक्रमणका मुख्य आरोपीलाई मुम्बई प्रहरीले पक्राउ गरेको गरेको छ। प्रहरीले आरोपीलाई अदालत पेश गर्ने तयारी गरिरहेको छ।

हालसम्म प्राप्त जानकारी अनुसार आरोपीको नाम विजय दास हो, उनी पश्चिम बंगाल निवासी हुन्।

आरोपीलाई पक्राउ गर्न प्रहरीले ३५ भन्दा बढी टोली परिचालन गरेको थियो। अब आरोपी विजय दासलाई मुम्बईको बान्द्रा होलिडे कोर्टमा पेश गरिनेछ र प्रहरी हिरासतको माग गरिनेछ।

भारतीय सञ्चार माध्यमका अनुसार विजय दास पहिले ठाणेको हीरानन्दानी इस्टेटस्थित ब्लाबर नामक होटलमा काम गर्थे। उक्त होटलमा उनले आफ्नो कार्यकालमा ‘बेस्ट इम्प्लोई’ अवार्ड पनि जितेका थिए। तर, पछि उनले काम छोडेका थिए।

शनिबार राति करिब १२ बजे अपराध शाखा र बान्द्रा प्रहरीले आरोपी हीरानन्दानी इस्टेटको निर्माणस्थलमा लुकेको सूचना पायो। त्यसपछि जोन ६ का डीसीपी नवनाथ ढबलेलाई सूचित गरियो ताकि आरोपी उम्कन नपाओस्। डीसीपी नवनाथको टोली तुरुन्तै घटनास्थलतर्फ लाग्यो। अपराध शाखाको टोली पनि त्यहाँ पुग्यो, तर आरोपीलाई प्रहरी आउने खबर पहिले नै थाहा भएको थियो।

आरोपी निर्माणस्थल नजिकैको घना काँडेदार झाडीभित्र गएर लुकेका थिए। झाडीभित्र लुकेका कारण उनलाई पत्ता लगाउन कठिनाइ भएको थियो। प्रहरीले टर्च र मोबाइलको उज्यालोको सहारामा खोजी गर्‍यो र अपराध शाखा र प्रहरीको टोलीले चारैतिरबाट घेराबन्दी गर्‍यो। अन्ततः काँडेदार झाडीबाट आरोपीलाई पक्राउ गरियो।

पक्राउ पछि आरोपीलाई बान्द्रा पुलिसले आइतबार उनलाई होलिडे कोर्टमा पेश गर्नेछ। रातको करिब २ बजे घन्टौंको प्रयासपछि आरोपीलाई झाडीबाट निकालेर उनलाई नियन्त्रणमा लिइयो।

बिहीबार बिहान सैफ अलि खानमाथि बान्द्रास्थित उनको अपार्टमेन्टमा आक्रमण भएको थियो । आक्रमणमा गम्भीर घाइते भएका सैफलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ । जहाँ उनको शल्यक्रिया समेत गरिएको छ । उपचारका संलग्न चिकित्सकका अनुसार सैफको अवस्था अहिले स्थिर छ र उनी खतरामुक्त छन्।

salt training

कमेन्ट गर्नुहोस्