१० असार २०८३, बुधबार

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

माघ ६, २०८१
काठमाडौं
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुष पक्राउ

झापामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका-६ थुम्वेदिन बस्ने ५२ वर्षीय कुमार राई रहेका छन् । 

कुमारले ती किशोरीलाई हल्दीबारी गाउँपालिका-४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्