०८ असार २०८३, सोमबार

काश्मीरमा दोहरो गोली हानाहान, १ सैनिकसहित ६ जनाको मृत्यु

मंसिर २, २०७४
काश्मीरमा दोहरो गोली हानाहान, १ सैनिकसहित ६ जनाको मृत्यु

श्रीनगर, २ मङ्सिर– भारत प्रशासित काश्मीरमा शनिबार भएको झडपमा पाँचजना शङ्कास्पद विद्रोहीको मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

झडपका क्रममा  भारतीय सैनिकका एकजना कमाण्डोको पनि मृत्यु भएको छ ।

“उत्तरी काश्मिरको हाजिन क्षेत्रमा विद्रोही सशस्त्र लडाकू लुकेर बसेको सूचनाको आधारमा वायुसेनाको कमाण्डो बल विमानबाट झरेपछि दोहोरो गोली चल्दा पाँच विद्रोही र एक सेनाको मृत्यु भएको छ,’ भारतीय सेनाका प्रवक्ता कर्नेल राजेस खालियाले पुष्टि गरे ।

श्रीनगरको बाहिरी भागमा शुक्रबार पनि झडप भएको थियो । उक्त घटनामा एक लडाकू र एक जना प्रहरी अधिकारीको मृत्यु भएको थियो ।

काश्मिर क्षेत्र बेलायती उपनिवेशबाट सन् १९४७ मा भएको स्वतन्त्रतासँगै पाकिस्तान र भारतबीच विवादित रहँदै आएको छ । त्यस पछि विभिन्न समयमा भएका साना ठूला युद्धमा दुवैतर्फका दशौँ हजार सर्वसाधारण,सैनिक तथा लडाकूको मृत्यु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्