
अमेरिकी राष्ट्रपतिको पदभार ग्रहण गरेपछि डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा क्यापिटल हिलमा भएको दंगामा संलग्न करिब १५०० जनालाई माफी दिने आदेश जारी गरेका छन् ।
गत चुनावमा ट्रम्पको पराजयपछि उनका समर्थकहरूले क्यापिटल हिलमा दंगा र अराजकता मच्चाएका थिए।
आदेशसँगै ट्रम्प समर्थकहरूका वकिलले क्यापिटल हिल दंगाको आरोपमा जेलमा रहेकाहरूलाई रिहा गरिने आशा व्यक्त गरेका छन्।
ट्रम्प समर्थकहरूको ठूलो भीड वाशिंगटन डीसी जेल बाहिर मानिसहरूको रिहाइको लागि पर्खिरहेको छ ।