२६ असार २०८३, शुक्रबार

बुटवलमा ठूलो राशीको स्नुकर प्रतियोगिता हुने

माघ ८, २०८१
बुटवल
बुटवलमा ठूलो राशीको स्नुकर प्रतियोगिता हुने

बुटवलमा ठूलो राशीको स्नुकर प्रतियोगिता हुने भएको छ । नेपाल बिलियार्ड स्नुकर एण्ड पुल एशोसियशन रुपन्देहीको आयोजनामा प्रथम अल नेपाल बुटवल मेयर कप ओपन स्नुकर प्रतियोगिता हुने भएको हो । 

प्रतिया्गिता आगामी फागुन १२ गतेदेखि शुरू हुने एशोसियसन रुपन्देहीका अध्यक्ष सुजन पुनले जानकारी दिए । प्रतियोगिता १० दिन चल्नेछ । ३ लाख ३ हजार पुरस्कार राशीको प्रतियोगिता गर्न लागिएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए । 

खस्यौली स्नुकर क्लबमा हुने प्रतियोगिताको उपाधि विजेतालाई उपविजेतालाई नगद १, लाख १ हजार रुपैया, हाईएस्ट ब्रेक ५५ हजार रुपैयाबाट पुरस्कृत गरिने उनले बताए । 

यसैगरी सेमिफाइनलमा पुग्ने खेलाडीलाई नगद १० हजार रुपैयाँ, राईजिङ स्टार र डिसिप्लिन प्लेयरलाई स्नुकर स्टिकबाट पुरस्कृत गरिनेछ । 

प्रतियोगितामा देशभरबाट  प्रतियोगी खेलाडी सहभागी हुने उनले बताए । खेलाडीलाई आवासको व्यवस्था आयोजकबाट गरिने तथा क्वाटरफाइनल खेलबाट खेलाडीलाई आवास र खानाको समेत व्यवस्था रहेको उनले बताए ।  

खेल संयोजक विजय गुरुङले प्रतियोगितामा भाग लिन फागुन ७ गतेसम्म अन्तिम समयावधि तोकिएको बताए । प्रतियोगितामा देशभरबाट १२८ जना खेलाडी सहभागी हुने संघका सचिव प्रकाश क्षत्रीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्