काठमाडौँ, ५ माघ - विद्युतीय शवदाह यन्त्रको सञ्चालन सँगै परम्परागत दाउराको चितामा दाह संस्कार गराउने संख्या घटेकाे छ। गत वर्ष माघदेखि सञ्चालनमा आएको शवदाह यन्त्रमा हालसम्म तीन हजार ८५६ शवको दाहसंस्कार गरिएको छ, आजको गोरखापत्रले खबर छापेको छ |
वैदेशिक रोजगारीमा मृत्यु भएका, पोष्टमार्टम गरिएको र अस्पतालमा उपचारका क्रममा मृत्यु भएका धेरैकाे शवदाह यन्त्रमा हुने गरेकाे छ। पुस महिना यतामात्र ९३ महिला र ११६ पुरुषको यन्त्रबाटै दाहसंस्कार गरिएको छ।