११ साउन २०८३, सोमबार

राष्ट्रपतिद्वारा माघ १८ गते शुरू हुनेगरी संसद् अधिवेशन आह्वान

माघ ८, २०८१
काठमाडौं
राष्ट्रपतिद्वारा माघ १८ गते शुरू हुनेगरी संसद् अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको हो ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसका आधारमा माघ १८ गते शुक्रबार दिउँसो १:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्