०६ असार २०८३, शनिबार

हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान

माघ ८, २०८१
अर्घाखाँची
हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ ले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन रकमसहित सम्मान गरेको छ ।

पछिल्लो समय युवाहरू विदेश पलायन भएको र मिनिटिलर तथा ट्याक्टरले खेत जोत्ने क्रम बढेपछि गोरु पाल्ने किसानको सङ्ख्या घटेको छ । गोरु पाल्ने क्रम घट्दा जग्गा बाँझो जमिन बढेको भन्दै किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले पहिलो चरणमा १८ जना किसानलाई पाँच हजारका दरले प्रोत्साहन रकमसहित सम्मान गरिएको वडाअध्यक्ष माधव श्रेष्ठले बताए ।

सन्धिखर्क नगरपालिकाका कार्यवाहक नगरप्रमुख मिश्रा आचार्यले खेतबारी बाँझो हुन नदिन गोरु पाल्ने किसानलाई प्रोत्साहन रकम प्रदान गरी सम्मान गर्ने वडाको कार्यक्रम प्रभावकारी भएको बताए । 

नयाँ प्रविधि भित्रिए पनि अझै गोरु पाल्ने परम्परा नहराएको कार्यवाहक नगरप्रमुख आचार्यको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्