१४ असार २०८३, आइतबार

बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा

माघ ८, २०८१
काठमाडौं
बिहेकै रात गलत तरिकाले युवतीको ‘भर्जिनिटी टेस्ट’, फेल भएपछि यातना र तनाब ! अदालत पुग्यो मुद्दा

एक युवतीले बिहेको पहिलो रात गलत तरिकाले आफ्नो 'भर्जिनिटी चेक' गर्ने प्रयास गरेको आरोप लगाएकी छन् । बिहेकै पहिलो रात आफ्नो कुमारीत्व जाँच गरेको भन्दै उनले अदालतमा निवेदन दिएकी हुन् ।

घटना भारतको मध्य प्रदेशस्थित इन्दौरको बाणगंगाको हो । आजतकको रिपोर्टअनुसार युवतीको १२ डिसेम्बर २०१९ मा भोपालका एक केटासँग विवाह भएको थियो । अधिवक्ता कृष्णकुमार कुन्हारेले पहिलो रातको भोलिपल्टै ससुरालवालाले युवतीको भर्जिनिटीमा प्रश्न उठाएको बताए । 

'विवाहको भोलिपल्टै पीडितकी सासूले छिमेकी युवतीलाई बोलाएर खाटमा रगत किन देखिएन भनेर सोधिन् । रगत नदेखिएको भन्दै सासूले बुहारीको कुमारीत्वमाथि प्रश्न उठाइन् । त्यसपछि दुई लाख दाइजोको माग गर्दै मानसिक यातना दिन थालिन्, 'कृष्ण कुमारले भने । 

यस अवधिमा उनको तीन महिनामा पहिलो पटक गर्भपतन भयो । अर्को पटक उनले एउटी छोरीलाई जन्म दिइन् तर, ९ महिना ९ दिनपछि मृत्यु भयो । उनलाई छोरीको डीएनए परीक्षण गराउन दबाब दिइयो ।

समाचार अनुसार महिलाले तेस्रो पटक छोरीलाई जन्म दिइन् । 

त्यसपछि उनलाई घरबाट निकालियो । किनकी उनकी सासू र श्रीमान छोरा चाहन्थे ।

मानसिक यातनाबाट दिक्क भएर पीडित युवती इन्दौर जिल्ला अदालत पुगेकी छिन् । उनले सासू, ससुरा, श्रीमान् र जेठाजुविरुद्ध घरेलु हिंसाको उजुरी दिएको समाचारमा उल्लेख छ । 

पीडित युवतीको उजुरीका आधारमा अदालतले ससुरालवालाविरुद्ध घरेलु हिंसा संरक्षण ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

आजतकको रिपोर्टका अनुसार महिला तथा बाल विकास विभागको गोप्य प्रतिवेदनमा विवाहको पहिलो रात पीडितका ससुरालवालाले उनको भर्जिनिटी जाँच गर्न अमानवीय तरिका अपनाएको खुलासा भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्