०४ असार २०८३, बिहीबार

कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्ड एकतर्फी सञ्चालन

माघ ८, २०८१
मकवानपुर
कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्ड एकतर्फी सञ्चालन

सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनः सञ्चालनमा आएको छ ।

थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।​

प्रनाउ अर्यालका अनुसार ती दुवै सडक स्तोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो ।

यसैगरी, मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडक खण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रनाउ अर्यालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्