०९ साउन २०८३, शनिबार

संविधान संशोधनका लागि कांग्रेसले सबै दलसँग सहकार्य गर्छ : शशांक कोइराला

माघ ८, २०८१
चितवन
संविधान संशोधनका लागि कांग्रेसले सबै दलसँग सहकार्य गर्छ : शशांक कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् ।

दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उनको विश्वास छ । 

मंगलबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै उनले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनीतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताएका हुन् ।

संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उनले विपक्षी दलहरूसँग समेत छलफल भइरहेको बताए । संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्