१२ साउन २०८३, मंगलबार

राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ग्यास सिलिन्डर

माघ ८, २०८१
काठमाडौं
राष्ट्रिय मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह ग्यास सिलिन्डर

राजेन्द्र महतो नेतृत्वको 'राष्ट्रिय मुक्ति पार्टी नेपाल' निर्वाचन आयोगमा दर्ता भएको छ।

आयोगले माघ ८ गते (आज) राष्ट्रिय मुक्ति पार्टी नेपाललाई नयाँ राजनीतिक दलका रूपमा दर्ता गर्दै प्रमाणपत्र प्रदान गरेको हो ।

दलले चुनाव चिन्हका रूपमा ग्यास सिलिन्डर पाएको छ भने झण्डाको रूपमा गाढा निलो रंगको आयाताकार झण्डाको मध्य भागमा तीर धनुष रहने व्यवस्था गरिएको छ।  

निर्वाचन आयोगले राष्ट्रिय मुक्ति पार्टी नेपाललाई दल दर्ता नम्बर २०१ प्रदान गरेको छ।

पार्टीले स्वदेशवाद, बहुल राष्ट्रवाद, र सामुदायिक समाजवादलाई मार्गनिर्देशक सिद्धान्तका रूपमा अंगाल्दै अघि बढ्ने घोषणा गरेको छ।  

पार्टीका अध्यक्ष महतोले पार्टीको सदस्यता लिएर सक्रिय रूपमा सहभागी हुन समेत अपिल गरेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्