
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र प्रकाश दाहालको निधन भएको छ । उनको निधनको औपचारिक घोषणा भने भएको छैन ।
विहान ५ बजे अचेत अवस्थामा राजधानीको नर्भिक अस्पताल पु¥याइएका दाहालको निधन भएको हो । प्रचण्ड झापाबाट हेलिकप्टरबाट आउँदैछन् । उनी अस्पताल पुगेसँगै दाहाल निधनको औपचारिक घोषणा गर्ने तयारीमा अस्पताल प्रशासन रहेको छ ।
प्रकाश अस्पताअल भर्ना भएसँगै अस्पतालमा विभिन्न दलका नेता, शुभचिन्तकको बाक्लो उपस्थिति रहेको छ ।
दाहालको निधन भएसँगै आफन्त र शुभचिन्तक अस्पतालमा भावविह्वल अवस्थामा रहेका छन् ।
दाहालको अवस्था बुझ्न विहान एमाले नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह लगातयका नेता अस्पताल पुगेका छन् ।