
नेकपा एमालेले वामदेव गौतमसहित उनको टीमलाई उपयुक्त समयमा पार्टीमा भित्र्याउने भएको छ । मंगलबार बसेको सचिवालय बैठकले उनी नेतृ्त्वको एकता अभियानसँग सहकार्य गर्ने निर्णय गरेको छ ।
वामदेव र उनको टीम व्यवस्थापनलाई आपसी छलफलबाट टुंग्याइने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए ।
यसअघि नै गौतमले आफू एमालेमा प्रवेश गर्ने निष्कर्ष निकालेका थिए । सोही निष्कर्षलाई मध्यनजर गरेर एमालेले सहकार्यको नीति लिएको हो ।