१५ असार २०८३, सोमबार

भूकम्प प्रभावितका २६ नमूना घर निर्माण

माघ ९, २०८१
रुकुम पश्चिम
भूकम्प प्रभावितका २६ नमूना घर निर्माण
फाइल फोटो

रुकुम पश्चिम र जाजरकोटमा भूकम्प प्रभावितका २६ नमूना घर निर्माण भएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा बेलायत सरकारको आर्थिक सहयोगमा पाँच र संयुक्त राष्ट्र सङ्घीय निकाय तथा तीनका साझेदार संस्थामार्फत सञ्चालित संयुक्त पुनर्लाभ परियोजनाअन्तर्गत दुई जिल्लामा २६ भूकम्प प्रतिरोधात्मक नमूना घर निर्माण गरिएको हो । 

रुकुम पश्चिममा १४ र जाजरकोटमा १२ वटा घर निर्माण गरिएको संयुक्त राष्ट्र सङ्घीय अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)का सिनियर परियोजना एसोसिएट सुजित गौतमले जानकारी दिए ।

उनका अनुसार रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा सात, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकामा २/२ वटा, त्रिवेणी र बाँफिकोट गाउँपालिका तथा मुसिकोट नगरपालिकामा एक/एक वटा नमूना घर निर्माण गरी भूकम्प प्रभावितलाई हस्तान्तरण गरिएको हो ।

त्यस्तै जाजरकोटका भेरी नगरपालिकामा चार, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा दुई दुई  तथा शिवालय, जुनिचाँदे, कुशे गाउँपालिका र छेडागाड नगरपालिकामा एक एक वटा घर नमूना घर निर्माण गरी हस्तान्तरण गरिएको उनले बताए ।

एउटा ढुङ्गाको र बाँकी सबै घर सीएसइबी इन्टरलक इँटाको प्रयोगमा निर्माण गरिएको छ । 

स्थानीय तहले छनोट गरेर पठाएका अतिविपन्न, अपाङ्ग, दलित तथा सीमान्तकृत समुदायका भूकम्प प्रभावितका लागि नमूना घर निर्माण गरिएको हो ।

परियोजनाअन्तर्गत घर निर्माणबाहेक डकर्मी तालिम, यौनशोषण तथा दुर्व्यवहारविरुद्धको सडक नाटक प्रदर्शन, स्थानीय तहका प्राविधिकका लागि भवन संहिता, सुरक्षित आवाससम्बन्धी तालिम प्रदान गरिएको परियोजना एसोसिएट सुजित जानकारी दिए । नौ महिने उक्त परियोजना यही माघ अन्तिमबाट सकिँदै छ । 

salt training

कमेन्ट गर्नुहोस्