०४ साउन २०८३, सोमबार

एआईलाई लिएर ट्रम्पको ठूलो घोषणा

माघ ९, २०८१
काठमाडौं
एआईलाई लिएर ट्रम्पको ठूलो घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रवर्द्धनलाई लिएर ठूलो घोषणा गरेका छन् ।

ट्रम्पले एआईमा ५०० अर्ब डलर लगानी गर्ने र एक लाख नयाँ रोजगारी पनि सिर्जना गर्ने बताएको बीबीसीले जनाएको छ । 

समाचारमा जनाइएअनुसार यो लगानी टेक्नोलोजी क्षेत्रका ठूला कम्पनी ओरेकल, ओपन एआई र सफ्ट बैंकले आगामी पाँच वर्षभित्र गर्नेछ ।

ट्रम्पले यसका लागि नयाँ अमेरिकी एआई कम्पनी ‘स्टारगेट’ बनाउने घोषणा गरेका छन् ।

ओरेकलका वरिष्ठ अधिकारी एलिसनले यसका लागि टेक्सासमा डाटा सेन्टर निर्माण गर्ने काम भइरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्