०५ साउन २०८३, मंगलबार

वृज एडिटिभ्सद्वारा अत्याधुनिक निर्माण सामग्रीको नयाँ श्रृंखला शुरू

माघ ९, २०८१
काठमाडौं
वृज एडिटिभ्सद्वारा अत्याधुनिक निर्माण सामग्रीको नयाँ श्रृंखला शुरू

निर्माण सामग्रीको उच्च-गुणस्तरका समाधानहरू उपलब्ध गराउँदै आएको वृज एडिटिभ्स प्रालिले अत्याधुनिक उत्पादनहरूको नयाँ श्रृंखला सार्वजनिक गरेको छ।

नयाँ उत्पादनहरूमा सिमेन्ट टाइल ग्राउट, टाइल एडिसिभ, फ्लोर हार्डनर, रिपेयर कंक्रीट, ब्लक मोर्टार, वाल पुटिन, र वाटरप्रूफिङ प्रणाली समावेश छन्। यी उत्पादनहरू नेपालको निर्माण उद्योगको बदलिँदो आवश्यकताहरू पूरा गर्न तथा सुरक्षित र टिकाउ पूर्वाधार निर्माणमा सहयोग पुर्‍याउन डिजाइन गरिएको कम्पनीले जनाएको छ।

नेपाली व्यवसायमा विश्वासिलो नाम केडिया अर्गनाइजेशनको हिस्सा रहेको वृज एडिटिभ्सले तीन वर्षदेखि अत्याधुनिक प्रविधिबाट स्वदेशमै यी सामग्री उत्पादन गरिरहेको छ।

कम्पनीका अनुसार उत्पादनहरू उच्च प्रदर्शन, टिकाउपन, र स्थायित्व प्रदान गर्न इन्जिनियर गरिएको छ, जसले निर्माण कार्यलाई अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

null

salt training

कमेन्ट गर्नुहोस्