
रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ । बयान सकिए पनि बुधबार थुनछेक बहस भने नहुने भएको छ ।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा रविको बयान भएको हो । अब थुनछेक बहस आज बुधबार नहुने अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी गरेको आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको छ।
लामिछानेसहित छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। लामिछाने बयानका लागि मंगलबार नै रुपन्देही पुगेका थिए।